सेतो पाटीअमेरिकाको डाकोटामा नेपाल सम्झना प्रकाशित मिति: मंगलबार, माघ १३, २०७१ १९:२५:४०
फरक भूगोल र संस्कृतिमा पुगे पनि आफ्नो संस्कृति र रितिथिति भुल्न सकिन्न, ती साथै रहन्छन। अमेरिका, साउथ डाकोटाको ब्रुकिन्ग्स सिटीमा रहेका नेपाली समुदायले पनि गत आइतबार नेपाली संस्कृति र स्वादको सम्झना गरे । ब्रुकिन्ग्स सिटीमा रहेको साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा उनीहरुले नेपाली खाना खाँदै नेपाली साँस्कृति झल्किने कार्यक्रम गरे।
कार्यक्रममा त्यहाँ अध्ययन गरिरहेका नेपाली विधार्थी एवम् सो नगरका बासिन्दाहरु गरि करिब ४५० जना कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा सहभागीहरुलाई साउथ डाकोटा स्टेट यूनिभर्सिटीमा अध्ययन गरि रहेका बिद्यार्थी तथा तीनमा आश्रित परिवारले नेपाली खाना पस्किएका थिए।
डेढ घण्टा चलेको सो कार्यक्रममा विभिन्न गीत तथा नाचका साथमा पृथ्वी नारायण शाहको जीवनीमा आधारित ‘अनेकतामा एकता’ नामक नाटक पनि मञ्चन गरे। कार्यक्रममा साउथ डाकोटा स्टेट यूनिभर्सिटीका अध्यक्ष डेभिड एल चेस्वान, उपाध्यक्ष प्रोभोस लेरी एस निकोल्स तथा सो सहरका उपमेयर केथ कोर्बेट अतिथि थिए।
यस सहरमा करिब ७५ जना बिद्यार्थी,दुई नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी करिब १३० को संख्यामा नेपाली रहेका छन् ।
पहिलो पोस्ट (अमेरिकामा ‘नेपाल नाइट’) 26th January 2015 | १२ माघ २०७१ |
- गोविन्द कार्की-
अमेरिकाको साउथ डाकोटामा आइतबार ‘नेपाल नाइट’ कार्यक्रमको आयोजना गरियो। ‘अनेकतामा एकता’ नाम दिइएको नेपाल नाइटमा नेपाली संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम र नेपाली खानाको स्वाद पस्किइयो।
साउथ डाकोटा स्टेट युनिभर्सिटीका विद्यार्थी र साउथ डाकोटाका नागरिकहरुलाई नेपाली संस्कृति र खानाको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको नेपाल नाइट विद्यार्थी र नगरबासी गरेर साढे ४ सयभन्दा बढीको उपस्थिति रहेको थियो।
कार्यक्रममा डाकोटामा पढिरहेका विद्यार्थी तथा उनीहरुका आश्रित परिवारले नेपाली खानाका परिकार बनाएर पस्किएका थिए। पुलाउ, कुखुराको मासु, नेपाली स्वादको मिक्स्ड तरकारी, अचार, दही सलाद लगायतका खानेकुराले नाइटमा विशेष चर्चा पाए।

साँझ ६ बजेदेखि डेढघण्टा चलेको कार्यक्रममा स्टेट युनिभर्सिटीका अध्यक्ष, सह अध्यक्ष, साउथ डाकोटा स्टेटका उप-मेयर, नेपाली विद्यार्थी समाजका सभापति, फ्याकल्टी एड्भाजर लगायत विशिष्ट पाहुनाको उपस्थिति कार्यक्रममा थियो।
कार्यक्रममा पृथ्वीनारायण शाहको जिवनीमा आधारित अनेकतामा एकता नाटक, १० वर्ष मुनिका बच्चाहरुको नाच, नेपाली ब्याण्डले गीत संगीत प्रस्तुत गरेका थिए।
साउथ डाकोटामा करिब ७५ जना नेपाली विद्यार्थी, नेपाली प्रोफेसर र तीनका आश्रित परिवार गरी एक सय ३० को संख्यामा नेपाली रहेका छन्।

- See more at: http://www.pahilopost.com/content/-2042.html#sthash.vwfcyayo.dpuf

No comments:
Post a Comment