दक्षिणको एउटा छिमेकीले कसै कसैलाई पम्प भरेर सकारात्मक विभेद, समाबेशी नीति र जानसान्ख्यिक प्रतिनिधि प्रणाली बारे सिकाउदै गर्दा यस्ता तथ्य भेटियो। के गर्नु र आफ्नै भाइहरु बैरी भए पछि
१. भारतको आन्ध्र प्रदेशको मल्काजगिरी लोकसभा निर्वाचन क्षेत्रमा २९,५३९१५ भोटर र अर्को निर्बाचन क्षेत्र लक्षदीपमा ४७,९७२ भोटर रहेछन। गज्जबको जनंख्याको आधार रहेछ (करिब ६२ गुणा फरक)।
१. भारतको आन्ध्र प्रदेशको मल्काजगिरी लोकसभा निर्वाचन क्षेत्रमा २९,५३९१५ भोटर र अर्को निर्बाचन क्षेत्र लक्षदीपमा ४७,९७२ भोटर रहेछन। गज्जबको जनंख्याको आधार रहेछ (करिब ६२ गुणा फरक)।
२. भाजपाले जितेको २८२ सिटमा एकजना पनि मुसलमान रहेनछन जबकी १७.२२ करोड (करीब १५%) मुस्लिम जनसंख्या रहेछ।
३. लोकसभामा ५४३ निर्वाचित सदस्य मध्ये ६६ जना मात्र महिला(१२.१%) रहेछन। ३३ नै कहिले पुर्याउने ४८.५ प्रतिसत (महिला जनसंख्या) त कहिले हो कहिले ।
४. उत्तर प्रदेशको मुस्लिम जनसंख्या ३.८४ करोड (१९.३%) रहेछ, तर त्यहाँबाट लोकसभामा चुनिएर गएका ८० जनप्रतिनिधीमा एकजना पनि मुसलमान रहेनछन।
५. उत्तर प्रदेशबाट निर्बाचित ८० लोकसभा सदस्यमा ७१ सिट जितेको भारतीय जनता पार्टीबाट एकजना पनि मुस्लिम छैनन् किन थाहा छ? भाजपाले एकजना मुसलमानलाई पनि टिकट दिएको रहेनछ।
६. गत लोकसभा निर्बाचनमा देशभरिबाट तेस्रो ठूलो मत(२.२८ करोड)पाएको दलित समुदायको प्रतिनिधित्व गर्ने बहुजन समाज पार्टीले एक सिट पनि जितेको रहेनछ। (हाम्रा कमल काइसाबको हेरम त यता)।
मान गया प्रभु!! आपका चरण छुनेको मन कर रहा हे।
तर यहाँ भुल्न नै नहुने कुरा चै के छ भने नि समय भन्दा बलवान केही छैन। यसले मान्छेलाई नराम्रोसंग चिनाउछ हेर्नुस।अहिले भारतको अघोषित नाकाबन्दीमा सहयोगी भुमिका निर्बाह गर्ने मधेसी हुन भनेर चिच्याउनेहरुले २०४५ सालमा भारतले नाकाबन्दी गरोस भनेर चाहने को थिए भनेर नि संगै भन्दिए चित्र कति सुन्दर र सपाट हुन्थ्यो होला।र यो पनि भन्दिए हुने कि अहिलेको यो परिणाम आउनुमा प्रदेश सिमान्कनमा देउबा,रावल र डाक्टर खडग पर्सादको सानो चित्तले कति काम गरेको छ।
अहिले त बोल्न नि हुन्न,तर्कले नसके पछि घण्टा जस्तो भन्दियो । भैगो ।जति भने नि क्यार्नु ? यो राष्ट्रियता र रास्ट्रवादको कुरा पडो। ऋतिक कान्डमा त उर्लेको,अहिले त झन नउर्लिने कुरै छैन नि हैन?
अस्तु!!!