नेपालको संबिधानमा नागरिकता प्राबधानलाई लिएर अहिले २ वटा कोणबाट असन्तोष र आक्रमण भएको छ। महिलाबादी र मधेश बादीबाट। के रहेछ त भनेर मैले नि अलि मजैले हेरें। थापा थरकी एकजना उपबुज्रुकले केनाडामा बसेर "रेकर्ड नेपाल" मा छपाएको " किन जलाएँ मैले संबिधान" भन्ने एउटा लिखोट पनि हेरें। लिखोटमा यो प्राबधानले यसो असर गर्छ भन्ने भन्दा पनि, पितृसत्ता,पुरुषबादी सोच,हिन्दु धर्म,मनुस्मृति,पुरुष राष्ट्रबादी सोच जस्ता शब्द राखेर एउटा आदर्शबादी बुद्दीविलास गरिएको रहेछ। करीब त्यस्तै कुरा मधेसीहरुको पनि छ। थप एउटा शब्द थपे पुग्छ "पहाडे खस अहंकारी महेन्द्रबादी राष्ट्रियता। त्यो भनेको चै के हो भनेर मलाई थाहा नसोध्नु होला। यही बिषयमा मेरो प्रश्न नि :
१. संविधानको कुन धाराको कुन प्राबधानको कारणले कुनै पनि पुरुष वा महिलाले आफ्ना सन्तानलाई नागरिकता दिन सक्दैन?
२. अहिले नागरकिताको प्रकार बंशज,जन्म र अंगिकृत छ। के सबैको प्रकार एउटै बनाउन पर्ने हो र अधिकार पनि एउटै दिन पर्ने हो? बर्गिकरणको कुन कुराले कहाँनिर विभेद भयो? अपबादका कुरा छाडेर यहाँ भुल्न नहुने कुरा के हो भने हामी छोरी ज्वाइको घर जाँदा र छोराले बुहारी ल्याउने सस्कार र चलनमा रमाउछौ ।
३. बंशजका,जन्म र अंगिकृत नागरिकका अधिकारमा केही समय फरक हुन्छ भन्ने मान्ने हो भने के के मा फरक गर्ने त त्यो ?
४. कुनै महिला वा पुरुषले औंलाले देखाएर यो मेरो सन्तान हो भने जति सबैलाई नागरिकता दिन पर्ने प्राबधान हुन पर्ने हो कि अरु केही शर्तहरु पनि लागु हुन पर्छ?
५. अपवादलाई छाडेर सन्तान बाउ आमा दुवैका उपज हुन् भन्ने कुरालाई आधार मान्ने कि नमान्ने?
६. यदि मान्ने हो भने बाउ या आमा मात्रै उपस्थित भएर सन्तान मेरो भन्ने दाबी गर्दा अर्को पक्ष (बाउ या आमा) को हो भनेर राज्यले सोध्न पाउने कि नपाउने?
७. कुनै महिलाबाट मात्रै सन्तान जन्मेछ वा रहरले जन्माईएको रहेछ भने पनि, र बाउ थाहा छ/भन्न मन लागेको छ भने भन्न, वा थाहा नभए छैन भनेर नागरिकता लिन दिप्ती गुरुङका सन्तान जस्तालाई अहिलेको संबिधानको कुन प्राबधानले रोक्नेछ?
८. बंसजको आधारमा मात्रै देशका बिशिस्ट भनिएका पदहरुमा नियुक्ति पाउने व्यवस्थाले कसरी मधेशीहरुको,जनजातिको,थारुहरुको अधिकार खोस्यो त?जो आफु यहाँ सदियौ बर्षदेखि बसोबास गरिरहेका भूमिपुत्र र आदिबासी ठान्छन।
कसैले बुझाई दिए आभारी हुने थिएँ।
अस्तु!!!!!
No comments:
Post a Comment