मनमा कति कुरा आए आए । खेस्रामा गरेर ब्लगमा पोस्टिने जागर कहिले आएन । तर बढ्दो उमेर संगै लाग्न थालेको छ, हैन केही न केही त टिप्नु पर्ने रहेछ । स्मरण शक्ति कमजोर हुदैं गएसी त झन् टिपोट अनिबार्य हुदैछ। लाग्यो आजै केही त शुरु गरुँ ता कि उमेर छिप्पिदै जाँदा अझ अरु पछुताउन नपरोस ।