आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्नका लागि तयार पारिएको सत्य घटनामा आधरित कथा। कथा यस प्रकार छ।
अलि बर्ख पछि केटो निहुर मुन्टि न हुदै आइ पुग्छ र केटी संग ख गर्दै भन्छ: हेर प्यारी!!गल्ती भो, मलाई माफ गर। केटीको मन न हो,पग्लिन्छ र माफ गरीदिन्छे । फेरी गर्भ बस्छ (यसपाली नि कसरी बस्यो चै नसोध्नु ल)। अर्की पनि छोरी नै जन्मिन्छे ।
एक दिन केटीले पत्ता लगाउछे कि केटोले पहिला गायब हुदा त मोही खाने ठाउ अर्को नि बनाएको रैछ। केटी केरकार गर्छे।
केटो लास्यांग लुसुंग गरेर कुरो चपाउन खोज्छ । हुदै हो थ्यो, ढाटेर के हुन्थ्यो। केटीले किक हानेर गुडबाट निकाली दिन्छे । केटीका लागि केटो सधैका लागि सिन बाट नै गायब हुन्छ। मरेको छैन तर यही संसारमा कतै अरु कसैको मोही खादै बसेको छ ।
यता केटीका छोरीहरु बढ्दै गए पछि नागरकिता बनाउन पर्ने हुन्छ। यही बिचमा कानुन परिबर्तन भएर आमाको नामबाट पनि नागरिकता बनाउन सकिने कानुन बनी सक्छ ।
खुसी हुदै आमा नागरिकता बनाउन अफिस जान्छे।
सरकारी अधिकारी:आमा त तपाइँ, बाउ खोइ?
आमा: उत्तर छैन।
सरकारी अधिकारी: बाउ नभएको कि पहिचान नभएको?
आमा: उत्तर छैन।
सरकारी अधिकारी: आमाको नामबाट नागरिकता बन्छ। समस्या छैन। सन्तानमा दुबैको हक लाग्छ। त्यसैले तपाइले कि बाउको पहिचान भएको छैन भन्न पर्यो, पहिचान छ भए यो हो बाउ भनेर भन्दिए मात्रै मात्रै पुग्छ। हामी घिच्याएर ल्याउछौ। चाहेमा नाता कायम गरिदिन्छौ। समस्या हो भन्ने लाग्छ भने समाधान गरी दिन्छौ।
आमा: मलाई अरु थाहा छैन। मेरा छोरीहरुको नागरिकता मेरो नामबाट बन्न पर्यो ।
सरकारी अधिकारी: फेरी पनि भन्छु, बन्छ। समस्या नै छैन। सन्तान बाउ आमा दुबैका उपज हुन्। त्यसैले कि बाउ पहिचान/थाहा छैन भन्न पर्यो, कि बाउ यो हो भनेर देखाउन पर्यो। बाकी काम हाम्रो भो।
आमा: म अरु (बाउको) उत्तर किन दिउ? यी मेरा छोरी हुन्। मैले (हामीले हैन है,बुझी राखम) पाएँ /जन्माएँ। मैले हुर्काएं। यिनले मेरो नामबाट नागरिकता पाउन पर्यो। मलाई यत्ति थाहा छ।
अरे बाबा!! यिनलाई नि सन्तान चाहिने, तिनलाई नागरिकता पनि बनाउन पर्ने (चाहियो पनि), अनि बाउ थाहा भए छ भन्न वा थाहा नभए छैन भन्न किन नहुने ? कि फुतुफुतु झर्ने हुन् तुन्तुरोबाट आफै।
यो कस्तो स्वाभिमान हो? कि अभिमान हो? कि आमाले मात्रै यी मेरा सन्तान हुन् भनेर औल्याए जति सबैलाई राज्यले नागरिकता भन्ने खोस्टो दिन पर्ने हो?
मेरो भेजामा घुसेको भए मार्दिनु ल !!
अस्तु!!
No comments:
Post a Comment