धनीराम संग यो विन्टरमा एउटा ट्रक थियो
सवारीका लागी । उसो त यो ट्रक उनले रहरले हैन बाध्यताले किनेको थिए, $५०० मा, ग्रोसरी जानको
लागि । किनकि यहाँ सार्बजनिक सवारी साधन फिटिक्कै पाइदैन । यो हिउँमा १० मिनट परको
वाल्मार्ट बाट हिडेर ग्रोसरी गर्न कम कस्ट हुन्छ र? समरमा त उनले र उनकी श्रीमती धन
कुमारीले जसो तसो हिडेरै काम चलाएका थिए तर विन्टरको कस्ट पार लगाउन भने धनीरामले
यो जोहो गरेका थिए ।
गाम्ले सबैले थाहा पाएका थिए कि
धनीरामसंग ट्रक छ । त्यसैले केहि सानो ठुलो सामान यता उता गर्न पर्यो कि धनीरामको
ट्रक सम्झिन पुग्थे । धनीराम पनि कसैले सम्झेर फुनाए भने खाँदा खाँदै को भातको
गाँस छोडेर पनि हाजीर भै हाल्थे । गाउँलेको मर्का बुझ्न सकेकोमा मक्ख पर्थे । उसो
त गाउमा अरुका पनि साना तिना गाडी नभएका हैनन तर गाडी हुने/नहुनेले सबैले किन हो
किन धनीरामलाई नै सम्झिंथे । गाउँमा कोही नयाँ आए भने पनि सामान ओसार पसार गर्न सबै जसो
धनीरामकै ट्रक सुझाउथे, उनी जहाँ जत्खेर पनि हाजीर भैहाल्थे ।
धनीराम $५०० को यो ट्रकसंग खुशी थिए
किनकी यही ट्रकले धनीरामलाई उसकी दोजिया श्रीमतीलाई अस्पताल लान ल्याउन सजीलो बनाएको थियो
। र यही ट्रकको सहयोगमा घरमा लक्ष्मी पनि भित्र्याएक थिए, छोरीको रुपमा । यता ट्रक
र धनीरामले गाउँको सेवा गर्न जत्खेर पनि हाजिर हुन जाँदा कहिले काँही उनकी
श्रीमतीलाई लाग्थ्यो कि यो ट्रक नभईदेको भए नि अलि आनन्द त हुन्थो कि? छोरीले पनि अलि
चाकर पाउथिन कि? तर धनीरामलाई यो कुराले खासै छुदैन थियो । धनीरामलाई
लाग्थ्यो कि यो ट्रक कारण नै
सही, उनले गाम्लेको सेवा गर्ने मौका पाएका छन् अनि थोर बहुत इस्ट मित्र कमाउन पाएका छन् । उनलाई मान्छे कमाउन पाउनु जतिको आनन्द धन कामाउनुमा लाग्दैन थियो । त्यसैले धनीराम र ट्रकको जोडा खुब मिलेको थियो
मामलामा ।
हरेकी चिजको सिमित
आयु न हुन्छ । जति चाकर गरे
पनि बुढो
ट्रक एक दिन थला पर्यो । धनीरामलाई पीर पर्यो । मर्मत गरुम कि साल्वेजमा
दिम कन्फ्युज भयो । उनले श्रीमतीको र सानी छोरीको तोते बोलीको सल्लाहमा आखिर ट्रक
साल्वेज्मा दिए र सानो कार किने । गाम्लेले यो कुरा अलि पछि मात्रै थाहा पाए ।
अचेल धनीराम संग त्यो ट्रक छैन । तर हरेक गाम्लेले
धनीरामलाई सानो तिनो कार्जे, बर्थडे,मिठो मसिनो खाना खाँदा वा भनौ मोमो खाँदा
उनलाई र उनको परिवारलाई कहिल्यै कसैले छुटाउदैनन
। धनीरामलाई थाहा छैन यो उनको कमाइ हो कि त्यो
बुढो ट्रकको? कारण जे भए पनि अहिले ऊनी सानी छोरी र श्रीमतीजीलाई सानो गाडीमा
राखेर गाम्लेकोमा उपस्थित हुन भ्याई नभ्याई हुन्छ, निम्ता मान्न ।
अनि ......
छोरी पनि मक्ख बाबु झनै मक्ख!!
No comments:
Post a Comment