शुभ र शुभानी दिदी बहिनी हुन तर आनी बानीका हिसाबले बिपरित दुई ध्रुब । दुवै बिबाहित, दुबैको लगभग उही उमेरमा बिहे । शुभानी अलि पछी जन्मेकीले देश दुनियाँ देख्न पाई भने शुभानीको शब्दमा दिदी शुभ कुवाको भ्यागुतो । दिदी शूभ सानो तिनो जागीर खान्छे,नेपालमा। एक छोरी र छोरो छोरो छन् । बहिनी शुभ अमेरिकामा छे,करीब १००K कमाउछे । दिदी शुभको कान्छो छोरो र बहिनी शुभानीको एउटै छोरो लगभग संगैका छन यतिखेर र संयोगले आज माइतमा भेट भएको छ दुबैको। शुभानी अमेरिकाबाट आएकी छे भने शुभ पनि घर र अफिसबाट फुर्सत मिलाएर माइत आएकी छ,केही दिनका लागि ।
सधैं झैँ आज पनि बिहानै छोराहरु हल्ला गर्दै उठे । शुभले छोराहरुलाई लिटो बनाई । छोराहरुलाई खुवाई । सरसफाई गरी । उठेर स्नान र पुजा नगरी चिया पनि नखाने नराम्रो बानी छ उसको । माइतमा भए पनि त्यो कर्म पुरा गरी र चियाको धन्दा गर्न थाली । ७५ बर्षे बुढी आमालाई शुभ के के गर्दै छे भन्ने अघि देखी थाहा थियो तर उठ्न सक्नु भएको थिएन, बिस्तारै उठ्नुभो । शुभले एक कप दुध आमालाई ठिक्क पारी सकेकी थिई, त्यो दिई । चिया र दुधसंगै आमा छोरी गफिन थाले । छोराहरु पनि खेल्दै थिए, घरी घरी झगडा गर्थे अनि उसले मिलाई दिन पर्थ्यो ।
यति खेरसम्म ९ बजी सकेको थियो । सधै जसो भए शुभको अफिस जाने तयारी पुरा भैसक्थ्यो तर अहिले एक हप्ताको छुट्टी लिएकी थिई उसले । यतिकैमा शुभानी पनि उठी र कोठा बाहिर निस्की । दिदु! तिमी त कस्तो ? हातमा स्मार्ट फोन भएर पनि मेसेज चेक नै गर्दैनौ । झन् अघि नै बेडबाट मेसेज पठाकी, चियाको अवस्था बुझ्न, यहाँ एक एक पलको महत्व छ दिदु, एक एक पलको । तिमीलाई त बेकारमा ल्याइदेको यो स्मार्ट फोन । शुभले बिस्तारै भनी, ए हो र?,.... अँ म अलि टाइमको ख्याल गर्न जान्दिन । ब्यङ्ग मिश्रित झटारो हानी । तर शुभनीलाई यो आफ्नो स्तरको कुरा लागेन ।
यतिन्जेल बुढी आमाले तयार भएको चिया ल्याएर शुभानीको टेबलमा राखीदिन भ्याई सक्नु भएको थियो ।अनि, शुभानीले दिदी बहीनी र आमाको एउटा सेल्फी हानी र अघि नै लग इन गरेर एक लट चहारी सकेको फेसबुकमा अपलोड गरी ।
“ Having awesome time with my lovely didu, mom, and handmade morning tea, I LOVE YOU MOM”
अस्तु !!!!!!
No comments:
Post a Comment