सेतोपाटीमा “मोडर्न आमा” नामका दुइटा सेरिज आए । एउटामा (मोर्डन आमाहरूसँग यो आँट होला?) पुराना आमा राम्रा अहिलेका असल आमा नै होइनन्/छैनन् भन्ने आसयको छ भने अर्कोमा (एउटा ‘मोर्डन आमा’को बयान) अहिलेका आमाको बाध्यता छ । पहिलोमा प्रस्टसंग किटानी गरिएको छ अहिलेका आमा स्वार्थी भए । अनि दोश्रो लेखमा प्रस्ट लेखिएको छ,पहिलेका आमा र अहिलेका आमा बाँचेको समय फरक छ, भोगाई फरक छ र अनुभवजन्य मातृत्व पनि फरक छ । तर समाजको संकीर्ण सोचले मातृत्वलाई हेर्न दृस्टीकोण फरक नभएको हुँदा अहिलेका आमाको उचित मुल्यांकन भएन तर उनीहरु असल हुन । समय फेरियो त्यसैले अहिलेका आमा असल हुन् भन्ने आसय छ ।
दुवै लेख लेख्ने आमा नै होलान भन्ने अनुमान गरियो । दुवै सन्दर्भ सन्तान जन्माउने र हुर्काउने र परिवार बन्ने/बनाउने सन्दर्भसंग जोडिएको छ, जसमा आमा र बाबु दुवैको प्रतक्ष्य भूमिका हुन्छ तर दुबैमा बाउको भूमिका बारे लेखक मौन छन् मानौ सन्तान जन्माउन र हुर्काउन बाउहरुको कुनै भूमिका नै छैन उनीहरु भनेका खाली बीउका राँगाहरु हुन् एक पटक लगाए पछि काम तमाम् । अहिलेको जमानामा त झन् बाबुको भूमिका बढी छ/हुन्छ । घर बसाउने र सन्तान हुर्काउने कुरा केवल आमाको मात्रै हैन भन्ने कुरा दुवै लेखमा जानेर/नजानेर चर्चा नै गरिएको छैन । अनि आमा भनेका सर्बेसर्बा निर्णयकर्ता बच्चा र परिवारको मामलामा । उनीहरुले चाहे सन्तान जन्मे,परिवार बन्यो नत्र ठण्डाराम भने जस्तो गरी प्रस्तुत गरिएको छ ।
दुवै लेखको मूल शिर्षक प्रति आंशिक सहमति भए पनि प्रस्तुति प्रति मेरो असहमति:
१. आमा शब्दलाई नै बर्गिकरण गर्न खोजिएको छ जस्तो मोडर्न,पुरातन,अझ तरुनी,बुढी,निर्बल,सबल,उतर आधुनिक यस्तै यस्तै हुने होला । आमालाई यसरी विभक्त गर्नु नै आमाको अपमान हो । हुन त यो उतर आधुनिक समाजका उपभोक्ताबादी पुजिंबजारका शब्दका ब्यपारीहरु के बुझुन यी भावनात्मक सम्बन्धका कुराहरु । बरु यसको सट्टा उपयुक्त शब्द हुनसक्थ्यो “घर बाहिरका कामकाजी आमाहरु” । दोश्रो लेखम यो शब्द त प्रयोग गरिएको छ तर आरोपको खण्डन गर्ने निहुमा त्यही मोडर्न आमा दोहोर्याएको छ पुरै आलेख भरी।
२. सन्तान जन्माउने/हुर्काउने कुरा पूर्णत दुई जना (बाबुआमा) वा दुइ महिला पुरुष को सरसल्लाहमा भर पर्ने कुरा हो । उनीहरुले उपुयुक्त ठानेको बेला बिहा र सन्तान प्राप्ति र हुर्काउने बढाउने गर्नु पर्छ । गरेका होलान । जमाना फेरियो । महिला पहिलेका भन्दा कामकाजी बने । सन्तानसंगको भावनात्मक सम्बन्धमा सम्झौता गरियो । बाबुको र घरका अन्य सदस्यको भूमिकाको खोजी हुन थाल्यो । कतिले राम्रै गरेका होलान, कतिलाई गाह्रो भा’को होला । यसमा पत्रिका बजारमा आएर उहिलेका आमा ठिक,मोडर्न आमा बेठिक अथवा मोडर्न आमाका अरु नि काम छन् सन्तान जन्माउने मात्रै हैन भन्नु भनेको हामीलाई हुर्काउने आमा, अहिलेका बाबु र तिनका सन्तान सबैको अपमान गर्नु हो । मेरा उमेरका कतिपय साथी, जो अहिले बाबु/आमा नि बनिसके, अहिले पनि तिनका बाबु आमा प्रति गुनासो यसकारण गर्छन कि तिनलाई तिनका बाबुआमा संग बस्ने समय मिलेन । कारण बाबु आमा दुवै कामकाजी थिए/बने आफ्नो सन्तानको भविष्य राम्रो होस् भनेर । परिणाम त अहिले देखियो नि । तर म जस्ता आर्थिक अभावमा हुर्किएर पनि बा-आमा दुबैको साथ पाउनेले कमै आफ्ना बा-आमा प्रति गुनासो गरेको सुनेको छु । त्यसैले करियर र सन्तानको भविष्यको नाममा उनीहरुसंग भौतिक एबं भावनात्मक सम्बन्ध राख्न सकिन्न भने तिनका सन्तानले पनि त्यही भन्छन/त्यही गर्छन । त्यसैले त्यो गल्ती नगरेकै राम्रो । दोश्रो लेख यसको विपक्षमा देखिन्छ । दोश्री लेखिकाले भने जस्तो करियर र काम पनि भन्दै जाने हो र सन्तानसंगको भावनात्मक सम्बन्ध बलियो नबनाउने हो भने भबिस्यमा यस्तो नि दिन आउने छ जुन दिन “मैले मेरा सन्तान म संगै राखेर हुर्काएको हो” भन्नु पनि एउटा योग्यतामापन हुनेछ । अम्रिकामा प्रेसिडेंन्सियल क्यान्डीडेटले “आइ एम ३० एअर ह्यापिली म्यारिड विथ २ किड्स” भने जस्तो । J
३ हो हरेक महिला आमा बन्ने कि नबन्ने भन्ने उनको स्वतन्त्रताको कुरा हो । तर यो कुरा आमा र सन्तान हुर्काउने कुरासंग किन चर्चा गर्न पर्ने? यदि चर्चा गर्ने हो भने बाउको कुरा किन नगर्ने ? के यसमा बाउको सहमति छ कि छैन त उसो भए । बाउ पनि सहमत छ र सम्बन्ध त्यसरी नै राम्रो छ भने टाउको दुखाइको बिषय भएन । तर केटालाई सन्तान चाहिएको छ केटी चै चाहन्न भने त्यो सम्बन्ध किन रही राख्नु पर्ने? जब सम्म केटी चाहन्छे? यो प्रसङ्ग सन्तान जन्माउने र आमा बाउको भूमिकामा नगरेकै भए हुन्थ्यो । यो अर्कै छलफलको पाटो हो । यस्ता एकांकी तर्कले नत घर बन्छ न त समाज ।
४. मैले खुदै मेरै आँखाले यस्ता कामकाजी महिला देखेको छु जसले सन्तानलाई न-नुहाइदिई,बच्चाको कपडा नमिलाइदई, खुवाई पियाई देखी स्कुलको होमवर्कसम्म नगरी बच्चा हुर्केका छन् ।ती सबैमा बाउको भूमिका देखेको छु,बाउले केही नगर्ने हो भने सन्तानको कन्त-बिजोग हुने पनि देखेको छु तर बाउले गुनासो गरेको भेटेको छैन । अनि तिनै आमा बाहिर समाजमा गएर भन्छन आमा हुन गाह्रो छ । तिनै मध्येकी होलिन दोश्री लेखिका । बजारु हल्लाखोर हरु । माफ गर्नुस यो मेरो अनुभवजन्य अभिव्यक्ति हो ।
५. पहिली लेखिका चै या त उनी आमा हुन नसकेको पिडा पोखी रहेकी छिन या त उनका आफ्ना सहकर्मीले गरेको प्रगतिको डाहा । अहिले आमा व्यस्त छन् । पैसा कमाउ अभियानमा सन्तानसंग चाहे जति भावानात्मक/शारीरिक रुपले नजिक नहोलान् तर अहिलेका नराम्रा भन्न पहिलेका राम्रा भन्न जरुरी नै छैन । पहिला पो कौनसा राम्रो थियो होला र दिनभरी रोएर बित्थे होला, आमा मल बोक्न व्यस्त हुदाँ । यद्दपी सन्तान रुँदा रुनलाई उनि पनि संगै भने हुन्थिन ।
६. समग्रमा आमा/बा न त पुरानी हुन्छिन न त नयाँ या मोडर्न नै । सन्तानको सुख उनको एक मात्र ध्येय हुन्छ । अहिलेका कथित उतर आधुनिक समाजका केही गतिछाडाले गति छाडे भन्दैमा सामान्यीकरण गर्न मिल्दैन । तिनलाई पनि पछि आफ्ना सन्तानले गति छाड्दा वा बाटो बिराउदा ढिला भैसकेको हुन्छ ।
७. अँ अनि परिवार बनाउने, सन्तान पाउने/हुर्काउन कुरा भनेको न त स्त्री प्रजातीको एकल निर्णय हो न त तिनको सनक नै । बहुलठ्ठी कुतर्क गर्नेको भने यो संसारमा कुनै औषधी छैन ।
अन्तमा एक मित्रको भनाई
" वेश्यालयमा जन्मेको बच्चालाई उसकी आमा, आमै लाग्छ अरुलाई फगत वेश्या । कसैको आस्था माथी प्रहार गर्नु पूर्व सोचने बानी बसालौ ।"
अस्तु !!!!!
No comments:
Post a Comment