Friday, September 26, 2014

हुन्छ क्या हुन्छ: चट्याङ मास्टर

चट्याङ मास्टरको यो कविता सेतोपाटि बाट साभार

......................................................................

यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई
यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ
 
भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई
ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ
 
साँझ परेपछि एक्लै ननिस्कनु भन्छन् नि भन्नलाई
चन्द्रमालाई हेर न भाइ, हुन्छ क्या हुन्छ
 
प्रेममा पागल हुनु हुँदैन भन्छन् नि भन्नलाई
कालिदासलाई हेर न, हुन्छ क्या हुन्छ
 
प्रेमको सीमा हुँदैन भन्छन् नि भन्नलाई
समुद्रलाई हेर न, हुन्छ क्या हुन्छ
 
नाइँ त उनि भनिहाल्छिन् नि भन्नलाई
कुरो बुझा न भाइ, हुन्छ क्या हुन्छ 

प्रकाशित मिति: मंगलबार, आश्विन ७, २०७१ १७:२५:५३

No comments:

Post a Comment